नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले स्कुल बसलाई लक्षित गरी चेकअप क्याम्पको शुरुवात गरेको छ। कात्तिक २९ गतेदेखि शुरु भएको उक्त क्याम्प मंसिर १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
उक्त क्याम्प अन्तर्गत सिप्रदीको आधिकारिक सर्भिस सेन्टरहरुमा यस्ता बसको सर्भिसिङ गराउँदा ग्राहकले टाटा जेन्युइन पार्टसमा ८ प्रतिशत छुटको साथै ६ महिना वारेन्टि समेत पाउनेछन्।
त्यसैगरी ब्रेक आइटम र लुब्रिकेन्ट्समा १५ प्रतिशत र स्टेयरिङ आयल, ब्रेक आयल, क्लच आयल र कुलेन्टमा २० प्रतिशत छुट प्राप्त गर्न सकिने जनाइएको छ।
यो चेकअप क्याम्पमा स्कुल बसको १५ प्वाइन्ट निःशुल्क चेकअप गरिनुको साथै इलेक्ट्रिकल पार्टस् र ब्याट्रीको समेत निःशुल्क चेकअप गरिनेछ।































प्रतिक्रिया