तीन दिनमै ४ हजार १ सयले घट्यो सुनको भाउ, कति छ आज ?

तीन दिनमै ४ हजार १ सयले घट्यो सुनको भाउ, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुन १२ सयले घटेको छ । मंगलबार १७ सयले घटेको सुन बुधबार पनि १२ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा ४ हजार १ सयले कमी हो ।

यस्तै आज तेजावी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज प्रतितोला ७० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१२० रुपैयाँमा कारोबार भइरहेको छ।

Logo