एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति

एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति

केन्द्रबिन्दु
0
Shares

गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो।

बैंकले जारी गर्ने सात वर्ष अवधिको गरिमा डिबेञ्चर-२०८५ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक आठ दशमलव ७५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्।

यसमध्ये चार लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन्। बाँकी छ लाख कित्ता भने बैंकले स्वेच्छाले अन्य संघसंस्थालाई बिक्री गर्नेछ। बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ।

Skip This
Skip This
Logo