नेपालमा भित्रियाे उन्नत प्रविधिकाे फर्मा ट्याक्टर, कृषकहरूका लागि निकै उपयाेगी हुने विश्वास

नेपालमा भित्रियाे उन्नत प्रविधिकाे फर्मा ट्याक्टर, कृषकहरूका लागि निकै उपयाेगी हुने विश्वास

केन्द्रबिन्दु
0
Shares

नेपालमा उन्नत प्रविधिकाे फर्मा ट्याक्टर भित्रिएकाे छ। अर्थमन्त्री जनार्दन शर्माले फर्मा ट्याक्टरको  
लन्च कार्यक्रमकाे उद्घाटन गरेका थिए। नेपालका लागि फर्मा ट्याक्टरको एकमात्र आधिकारिक आयातकर्ता र वितरक यति टेक्निक फार्म प्रालिले यस प्रकारकाे ट्याक्टर नेपालमा ल्याएकाे हाे।

विशेषगरी कृषिमा समुदायको गुणस्तर सुधार गर्न उद्यम र उद्यमशीलतामा पहल गर्ने लक्ष्यका साथ साे ट्याक्टर नेपालमा ल्याइएकाे कम्पनीकाे दाबी छ। 

कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार भारतका प्रमुख अजय मल्लिकले फर्मा ब्रान्ड र यसको भिजन मिशन प्रस्तुत गरेका थिए।

यस्तै कृषि समूहका अध्यक्ष तेज विक्रम थापाले कृषि समूह र यसको भगिनी सरोकार यति टेक्निक फार्मको ग्राहकहरूलाई निर्बाधरूपमा सेवा दिनका लागि नेपालभर बिक्री र सेवा आउटलेटहरूको बलियो नेटवर्क भएकाे बताए। 

कार्यक्रममा कार्यकारी निर्देशक कृष्ण जीसीले सबै अतिथिहरूलाई स्वागत गरेका थिए भने नाडा र अन्य संघसंस्थाका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा प्रि-बुकर ग्राहकलाई केही ट्याक्टरहरूको चाबी हस्तान्तरण गरिएकाे थियाे।

SC FORMA SA परम्परागत युरोपेली विरासतको साथ कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो। यो बोटोसानीको रोमानियाली टाउनशिपमा आधारित छ र रोमानियाली स्टक एक्सचेन्जमा दर्ता गरिएको छ। ब्रान्डको DNA मा अत्याधिक विश्वासका साथ भारतको स्वामित्वमा रहेको विश्वको लागि FORMA ब्रान्ड युरोपेली प्रविधिका साथ भारतमा बनाइएको छ र विश्वमा निर्यात गरिएको छ।

यति टेक्निक फार्म प्रालिले कृषि समूहका लागि कृषि, स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रमा सबै एउटै छानामुनि जिम्मेवारी लिने गरेकाे छ। 
 
याे ट्याक्टर 26HP देखि 100 HP सम्मको उत्पादनको दायरा २ ह्वील ड्राइभ र ४ व्हील ड्राइभ कन्फिगरेसन दुवैमा उपलब्ध भएकाे कम्पनीले जनाएकाे छ।

Logo