सुन र चाँदी दुवैको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

सुन र चाँदी दुवैको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

केन्द्रबिन्दु
0
Shares

नेपाली सुनचाँदी बजारमा साताको दाेस्राे कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९३ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायम भएको छ। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २७० तोकिएको महासङ्घले जनाएको छ।

Skip This
Skip This
Logo