लाभांश प्रस्ताव पारित गर्न सबैको लघुवित्तले बाेलायाे साधारणसभा

लाभांश प्रस्ताव पारित गर्न सबैको लघुवित्तले बाेलायाे साधारणसभा

केन्द्रबिन्दु
0
Shares

सबैको लघुवित्त वित्तीय संस्थाले ३ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बाेलाएको हो।

सभामा ३१ दशमलव ०५ प्रतिशत बोनस शेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। 

लघुवित्त साधारण सभा प्रयोजनार्थ १७ मंसिरदेखि २ पुससम्म बुक क्लोज गर्ने भएको छ। 

यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कायम रहने शेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Logo