अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको र अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधवार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् । अर्थमन्त्री शर्माले निजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने बताएका छन् । अर्थमन्त्री शर्माले निजी क्षेत्रका केही ब्याबसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताएका छन् । देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको बताएका हुन् ।
उनले भने,‘अहिले सरकारको बजेट र लगानी सानो रहेको छ, हामीले निर्माण गरेका संरचनाहरुको खर्च गर्ने प्रवृत्ति हेर्दा चालु खर्चलाई मात्रै पनि धान्न समस्या छ, यसले गर्दा नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको छ, भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त बन्दै गएको छ, कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको छैन, त, निजी क्षेत्रको जाखेजस्तो सहुलियत पुरा गर्ने प्रयास जारी छ ।’
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको बताएका हुन् । उनले अब सरकारसँग मिलेर निजी क्षेत्रले ठुला पूर्वाधार निर्माणमा लगानी गर्न आग्रह समेत गरेका छन् ।
बजारमा तरलताको अभाव छैन: गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताएका छन् । गभर्नर अधिकारीले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताएका छन् । उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताए ।
गभर्नर अधिकारीले भने,‘अहिले कार्यान्वयनमा ल्याइएको सीडी रेसियो सम्बन्धी व्यवस्थाले तत्कालका लागि केही असहज मानेका छन्, अहिले कैलाईए असहजता भए पनि अधिकांश प्रणालीका लागि राम्रो हो, हामीले नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, अहिले पनि बचाएका छौँ, यसलाई सबैले बुझ्न आवश्यक छ, सीसीडी रेसियोले केहीलाई समस्या परे पनि सम्पूर्ण प्रणालीका लागि राम्रो छ, समग्र आर्थिक प्रणाली जोगाउन राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको छ, अहिले तरलताको समस्या देखिएको छ। यसको समाधानका लागि राष्ट्र बैंकले प्रयास गरिएको छ ।’
गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताएका छन् । उनले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बताए । अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको छ । यसरी चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको समेत बताएका छन् ।
अर्थतन्त्र चाडै माथि उठ्न सक्ने अवस्थामा पुगेको छ: महासंघ अध्यक्ष गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताउनु भयो । अध्यक्ष गोल्छाले सरकारको तर्फबाट स्टीमुलस प्याकेज आउन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो,‘कोरोना महामारीको कारण थला परेका पर्यटन, सञ्चार, साना तथा मझौला उद्यम व्यवसाय तथा बैंकिङ क्षेत्र अझै समस्याग्रस्त छ, त्यसैले साना उद्योगको लागि विशेष कार्यक्रम ल्याउन आवश्यक छ ।’
त्यस्तै,अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिले नियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनु पर्ने बताएका छन् । उनले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने बताए । एमसीसी देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्ने बताए ।





























प्रतिक्रिया