पहिलो इलेक्ट्रिक पिकअप नेपाली बजारमा, मूल्य ७२ लाख

पहिलो इलेक्ट्रिक पिकअप नेपाली बजारमा, मूल्य ७२ लाख

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा पहिलो इलेक्ट्रिक पिकअप भित्रिएको छ। दीगो ग्रुप अफ कम्पनिजले जेएसी ब्रान्डको इलेक्ट्रिक पिकअप ई–टी ८ ल्याएको हो।

रिजेनेरेटिभ ब्रेकिङ सिस्टम र ब्रेक ओभरराइड सिस्टममा उपलब्ध यो पिकअपमा १९७ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने ७ मिटरको टर्निङ रेडियस छ।

६७.२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको सो इलेक्ट्रिक पिकअपमा ११० किलोवाटको मोटर रहेको छ। यसमा भएको ब्याट्रीलाई डीसी फास्ट चार्जिङमार्फत २ घण्टामा र एसी चार्जिङमार्फत साढे १६ घण्टामा फुल चार्ज गर्न सकिन्छ। 

यसले सिंगल चार्जमा ३ सय किलोमिटर दूरी पार गर्न सकिने कम्पनीको भनाइ छ। ९० किलोमिटर प्रतिघण्टा सम्मको उच्च गति भएको सो पिकअपमा इलेक्ट्रो हाइड्रोलिक पावर स्टेयरिङ छ। 

नेपालमा कर्पोरेट हाउस, गैरसरकारी संस्था, वातावरणीय संस्था, ठूला निर्माण कम्पनी आदिले यो पिकअप प्रयोग गर्ने कम्पनीको अपेक्षा छ। यसको बजार मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ।

Skip This
Skip This
Logo