तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले तरलता अभाव टार्न बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले १४ दिन अवधिको २३ मंसिरमा परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा पठाउन लागेको हो।

बैंकले यसअघि गत २५ कात्तिकमा २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार बोलकबोलमा इजाजत प्राप्त क, ख र ग वर्गका स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन्। 

नेपाल राष्ट्र बैंकले बजारमा लगानी योग्य रकमको अभाव रहेकाले तरलता अभाव टार्न केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ। 

Skip This
Skip This
Logo