नेप्सेमा करेक्सन, कारोबार रकममा पनि गिरावट

नेप्सेमा करेक्सन, कारोबार रकममा पनि गिरावट


साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा करेक्सन आएको छ ।

सुरुवाती समयमा उकालो लागेको बजार दिनभरको उतारचढाव पछि अन्तिम समय झिनो अंकले घटेको हो । आज नेप्से ३.२२ अंकले ओरालो लागेको छ भने  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने बढेको छ । सेन्सिटिभ इन्डेक्स ०.४५ अंकले बढेर ५१५.६५ अंकमा बन्द भएको छ।

आज बजारमा ७४ लाख ८६ हजार ५५७ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३० रुपैयाँ ९० पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा गिरावट भएको भएको हो । बुधवार ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँ ५२ पैसाको कारोबार भएको थियो ।

आज नेप्सेमा २३३ कम्पनीको सेयर कारोबारमा आएकोमा ६१ कम्पनीको  सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको सेयर मूल्य घटेको छ। आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज १३ वट मध्ये १० वटा उपसमूहमा रातो पोतिएको छ । आज सबै भन्दा बढी कमाउने मा अन्य उपसमूह ०.९१ प्रतिशत, होटल ०.७६ प्रतिशत रहेको छ भने सबै भन्दा बढी गुमाउनेमा व्यापार उपसमूह १.४४ प्रतिशत रहेको छ ।

Logo