साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
दिनभरको उतारचढाव पछि नेप्से आज २१.५१ अंकले घटेको लागेको छ भने आईतबार ८०.२९ अंकले गिरावट आएकाे थियाे । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स ५.९२ अंकले घटेर ४९५.५३ अंकमा बन्द भएको छ।
आज बजारमा ८२ लाख २५ हजार ८२२ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ १९ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा घटेको हो । आइतबार ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५४ रुपैयाँ ७६ पैसाको कारोबार भएको थियो ।
आज नेप्सेमा २२८ कम्पनीको सेयर कारोबारमा आएकोमा ६० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ। आज कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज १३ वटमध्ये ११ वटा उपसमूहमा रातो पोतिएको छ । आज सबै भन्दा बढी गुमाउने उपसमूहमा होटल २.२५ प्रतिशत र अन्य उपसमूह १.९७ प्रतिशत रहेका छन् भने कमाउनेहरूमा म्युचर फन्ड ०.१२ प्रतिशत र हाइड्रो ०.०१ प्रतिशत रहेको छ ।
त्यस्तै सबैभन्दा बढी कमाउने कम्पनीहरूमा न्यादि हाइड्रो पावर ९.९९ प्रतिशत र सामलिंग पावर कम्पनी ९.९८ प्रतिशत रहेको छ भने सबै भन्दा बढी गुमाउनेमा आइसिएफसि फाइनान्स १० प्रतिशत र चन्द्रा गिरि हिल्स ५.२० प्रतिशत रहेको छ ।
शेयर अर्थ संसारप्रकाशित: १३ मंसिर २०७८ १५:२१ सोमबार