साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ ।
दिनभरको उतारचढाव पछि नेप्से आज १.६४ अंकले घटेको लागेको छ भने सोमबार २१.५१ अंकले गिरावट आएको थियो । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने बढेको । सेन्सिटिभ इन्डेक्स ०.१८ अंकले घटेर ४९५.६४ अंकमा बन्द भएको छ।
आज बजारमा ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँ ६९ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा घटेको हो । सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ १९ पैसाको कारोबार भएको थियो ।
आज नेप्सेमा २२४ कम्पनीको सेयर कारोबारमा आएकोमा ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको सेयर मूल्य घटेको छ। आज कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज १३ वटमध्ये ७ वटा उपसमूहमा रातो पोतिएको छ भने ६ बटा उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज सबै भन्दा बढी गुमाउने उपसमूहमा मेन्युफ्याक्चर ०.८४ प्रतिशत र व्यापार उपसमूह ०.८४ प्रतिशत रहेका छन् भने कमाउनेहरूमा विकाश बैंक ०.८३ प्रतिशत र निर्जीवन बिमा पनि ०.८३ प्रतिशत रहेको छ ।
त्यस्तै सबैभन्दा बढी कमाउने कम्पनीहरूमा सामलिंग पावर कम्पनी ९.९९ प्रतिशत र न्यादि हाइड्रो पावर ९.९८ प्रतिशत रहेको छ भने सबै भन्दा बढी गुमाउनेमा इन्फिनिटी लघुवित्त ४.७७ प्रतिशत र लाइफ इन्सुरेन्स कम्पनी २.८६ प्रतिशत रहेको छ ।































प्रतिक्रिया