नाडा आटोमोवाइल एशोसिएन अफ नेपालको आसन्न निर्वचनमा अध्यक्ष पदका उम्मेदवार ध्रुव थापाले आफ्नो प्रचारप्रसार बढी भएको भन्ने हल्ला विपक्षीले चलाएको आरोप लगाएका छन् ।
केन्द्रविन्दुसँगको एक अन्तरवार्ताका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘यस्तो हल्ला बाहिरबाट आएको छैन । विपक्षीमा भएका साथीहरूले नै यस्तो हल्ला चलाएका होलान् । चुनाव हुने भएपछि प्रचारप्रसार हुनु स्वाभाविक पनि हो नि ।’
उनले आफूले भन्दा एक महिना अगाडिबाटै करण चौधरीले प्रचारप्रसार गरेको बताएका छन् । ‘प्रचारप्रसार हामीले भन्दा एक महिना अघिबाटै उहाँहरूले प्रचारप्रसार गर्नुभएको थियो ।’ उनले भने ‘त्यसपछि बल्ल उहाँहरू गाएको ठाउँहरूमा हामी पछिपछि गइरहेका छौँ । अब बढी गर्यो कि घटी गर्यो भन्ने कुरा च्यानल अनुसार फरक फरक हुन्छ ।’
त्यस्तै केन्द्रविन्दुसँगकै अन्तरवार्ताका क्रममा अध्यक्षका अर्का प्रत्याशी करण चौधरीले नेपालका बासिन्दा र नेपाल सानो भएकाले आफूले प्रचारप्रसारमा जोड नदिएको बताएका छन् । तर उनीपनि पछिल्ला दिनहरूमा चुनावकै दौडधुपमा व्यस्त रहेका छन् ।
चौधरीले भने ‘म जब सर्वसम्मत वातावरणमा अगाडि लागिरहेको छु, सर्वसम्मत गर्नुपर्छ भनिरहेको छु, प्रचारप्रसार गरेर दुई पाटो बनाएर मनमा तुस राख्नुभन्दा मिलेर अगाडि जाऊँ भन्ने मेरो मान्यता छ ।’ उनले थपे ‘एकतिर लाग्ला प्रचारप्रसार गरेन भने त करणलाई चिनिँदैन होला । भोट कसलाई हाल्ने भन्ने थाह हुँदैन होला । तर यसमा मेरो मान्यता कस्तो छ भने सर्वसम्मत वातावरणबाट अगाडि गयो भने किन गर्नु ?’
नाडामा महाभिडन्त: करण चौधरी भर्सेज ध्रुव थापा
नाडामा महाभिडन्त: करण चौधरी भर्सेज ध्रुव थापा
Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, 6 December 2021





























प्रतिक्रिया