“नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना सार्वजनिक

“नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना सार्वजनिक


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा भएको कम्पनीको दाबी रहेको छ ।

विकासोन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठुला ठुला परियोजनाहरू, हाइड्रोपावरहरू, भवन निर्माण लगायतका निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको अवस्थामा जोखिम बढी रहने भन्दै कम्पनीले यो योजना ल्याएको बताएको हो । 

यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा यस्तो योजना ल्याएको कम्पनीले जिकिर गरेको छ ।

यस बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम पचास लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ ।

यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ ।पचास हजारदेखि एक करोडसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । 

वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १% छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३% थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६% थप लाग्नेछ भने अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रिमियममा थप घट हुने छैन । बीमालेख चालु रही बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने छ । 

बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने छ ।

बीमा अवधि  भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम + आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।

यदि कदम्कदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात् समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात् बीमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

Logo