उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु । त्यस्तो नाम हो, करण चौधरी।
लिगेसीलाई अझ माथि लैजान र आफ्नो पहिचान उँचो बनाउन करण पुरै शक्ति खर्चिरहेका छन् । नाडा उपाध्यक्ष चौधरी आसन्न साधारणसभामार्फत् हुने नेतृत्व चयनमा अध्यक्ष पदको बलिया प्रत्यासी हुन् ।
करणलाई युवा भन्ने कि नभन्ने ? भन्ने प्रश्नमा उनको सीधा जवाफ छ,
‘करण चौधरी अटो व्यवसायामा प्रवेश गरेकै १६ वर्ष भइसक्यो ।’
ठूला घरानामा जन्मिएर अवसर पाएको आरोप लगाउनेलाई चौधरी सरल जवाफ दिन्छन्,
‘म मेकानिक्सबाट अटो क्षेत्रमा प्रवेश गरेको हुँ। कुन नटबोल्ट कसरी खोल्ने ? कसरी फिट गर्ने ? इन्जिन एसेम्बल गर्दा पिस्टन कसरी फिट हुन्छ ? भन्ने विषयमा जोकोहीसँग जुहारी खेल्न सक्छु ।’
‘नेतृत्व उमेरले होइन, इच्छाशक्ति र क्षमता तय गर्छ’ भन्ने मान्यता राख्ने उनी आफ्नो उमेर रहस्यमै रहोस् भन्न चाहन्छन्।
अटो क्षेत्रमा बटुलेको अनुभव र विश्वविख्यात विश्वविद्यायहरुबाट प्राप्त गरेको उच्च शिक्षाले उनलाई दक्षता, परिपक्वता र व्यवस्थापकीय क्षमतामा निखार ल्याउन सघाएको छ । आफ्नो कुशल नेतृत्वमार्फत् सुजुकीलाई मार्केट सेयरको हिसाबमा नेपालको नम्बर वान ब्रान्ड बनाउन सक्षम भएका छन्, करण ।
मेकानिक र व्यावसायिक आइडियाबारे उनी जे जवाफ दिन्छन्, कन्फिडेन्ससाथ दिन्छन् । नाडाको अध्यक्ष प्रत्यासी चौधरी यति अग्लो खम्बा बनेर उभिएका छन्् कि उनको क्षमता जित्ने प्रयत्न गर्नै जोकोहीलाई गाह्रो हुन्छ ।
मंसिर २२ र २३ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभामार्फत् नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वका लागि व्यवसायीहरु २ समूहमा बाँडिएका छन् ।
जसमध्ये एउटा प्यानलको नेतृत्व करण चौधरीले गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् ।
सीजी होल्डिङ्सको सीजी मोटोकर्प सुजुकी गाडीको नेपालका लागि आधिकारित वितरक हो। नेपाल ल्युब आयल (गल्फ ब्रान्ड) मा पनि सीजी होल्डिङ्सको सेयर छ ।
नाडाको चुनाव लाग्दै गर्दा उनलाई एउटा आरोप लाग्छ, करण चौधरीको उमेर पुगेकै छैन । तर, उनी आफूलाई युवा व्यवसायी भन्न लाज मान्छन् किनकी उनी बिजेनसमा प्रवेश गरेको १६ वर्ष भइसक्यो । विदेशमा ३० वर्षका व्यक्ति प्रधानमन्त्री बनिरहँदा त्यति नै हाराहारी उमेरको मान्छे नाडाको अध्यक्ष बन्ने होडमा हुनु नौलो पक्कै होइन ।
नाडाको अघिल्लो कार्यकालमा उनले नेतृत्वलाई ठूलो साथ दिए । विद्युतीय सवारीमा कर घटाउन उनी सम्मिलित कार्यसमितिले गरेको मिहिनेत, खोप ल्याउन गरेको पहल, राहत प्याकेजका लागि लबिङ गर्नुमा उनको ठूलो हात छ ।
तर, चुनाव सम्मुखैमा करणमाथि चौधरी परिवारको व्यक्ति हुनु नै सक्षमता हो ? भन्ने प्रश्न उठेको छ। तर, उनी ‘म किन सक्षम छैन ?’ भन्ने प्रतिप्रश्न गर्छन् ।
करण भन्छन् कि आफ्नो गुनगान आफू गाउनु हुँदैन ।
उनले १६ वर्षे व्यवसायीक अनुभवमा हजारौं व्यक्तिसँग काम गरेका छन् । उनी आफू दोस्रो व्यक्तिबाट जस्तो व्यवहारको अपेक्षा गरिन्छ, आफूले पनि ऊसँग त्यस्तै व्यवहार गर्नुपर्छ भन्ने पाठ बुबाबाट सिकेको बताउँछन्।
“जीवनमा कहिलेकाहीँ ठोस निर्णय लिनुपर्ने हुनसक्छ । तर, नम्रपन बराबर आवश्यक छ,” उनी भन्छन्, “सबैलाई खुसी राख्न सकिन्न तर, सबैलाई सही हुने निर्णय नेतृत्वबाट हुनुपर्छ।”
करणले परिवारबाट सिकेको पनि यही हो जसले उनलाई सक्षमको परिभाषाभन्दा माथि पुर्याएको छ ।
१६ वर्ष अगाडि बिजेनसमा छिर्दा उनीसँग कम्पनीको निर्देशक वा कार्यकारी निर्देशक बन्ने अवसर थियो । तर, उनले मेकानिकबाट काम सुरु गरे ।
काम गरेर मात्र नहुँदो रहेछ भन्ने निष्कर्षसहित करण थप शैक्षिक योग्यता हासिल गर्नतर्फ लागे । मेकानिकबाट सिकेको व्यवहारिक पक्ष र सीपलाई अध्ययनमा सिकेका सैद्धान्तिक विषयसँग जोडे।
“मैले परेर सिकें, पछि पढेर ज्ञान विस्तार गरें भन्नु जति खुसी केहीमा पनि हुँदैन रहेछ,” चौधरी भन्छन् ।
चौधरीले स्नातक अध्ययन यूनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्डबाट पुरा गरेका छन् भने ५ भिन्न विषयमा स्नातकोत्तर अध्ययन गरे ।
करणले हार्वार्ड युनिभर्सिटी, युनिभर्सिर्टी अफ पेन्सल्भेनिया, युनिभर्सिटी अफ इलिनोय र वाल्टन स्कुलबाट मास्र्टर्स अध्ययन गरेका छन् ।
चुनावको मुखमा उनी भन्छन्,
‘नाडाको नेतृत्व सक्षम व्यक्तिको हातमा पुग्नुपर्नेछ । सक्षम टिमको आवश्यकता छ । म मलाई वा मेरो प्यानलका व्यक्तिलाई भोट गर्नुस् भन्दिनँ । जो सक्षम छ उसलाई जिताउनुस्।’































प्रतिक्रिया