नाडा महाभिडन्तः दुई प्यानलमा को-को छन् उम्मेद्वार? (भिडियोसहित)

नाडा महाभिडन्तः दुई प्यानलमा को-को छन् उम्मेद्वार? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

बिहीबार अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको निर्वाचन शुरु हुँदैछ। नाडाको संशोधित विधान ०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशनसमेत गठन गरिसकेको छ ।

नाडाको निर्वाचन तथा ४५ औं साधारणसभाका लागि दुई समूह प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । जसमा अध्यक्षमा करण चौधरी र ध्रुव थापाले उम्मेदवारीको घोषणा गरेका छन् ।
सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् करण चौधरी । र फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् ध्रुव थापा । यी दुईको प्यानलबीच चुनाव हुने भएको छ ।

करण चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल र राजेन्द्र अग्रवाल छन् । त्यस्तै, वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ला, निलमणी पाठक, र गंगाराज भट्टराई गरी जम्मा १८ जना छन्।

धुब्र थापाको प्यानलमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया छन् । यस्तै नमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगन बिएस कंसाकार, सञ्जय खेतानसहित १६ जना रहेका छन्। 

करणले व्यवसायी भएर काम गर्न थालेको १६ वर्ष भइसक्यो । मेकानिकबाट यो क्षेत्रमा प्रवेश गरेका करणले आफूलाई कुन नटबोल्ट कसरी खोल्ने ? कसरी फिट गर्ने? इन्जिन एसेम्बल गर्दा पिस्टन कसरी फिट हुन्छ ? भन्ने विषयमा जो कोहीसँग जुहारी खेल्न सक्ने बताएका छन् । नेतृत्व उमेरले होइन, इच्छाशक्ति र क्षमताले तय गर्छ र त्यो आफूसँग भएकाले अध्यक्षमा दाबी गरेको उनको भनाइ छ ।  नाडाको अघिल्लो कार्यकालमा उनले नेतृत्वलाई ठूलो साथ दिएका थिए । चौधरीले आफू वर्तमान उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदार भएको बताएका छन्।

यता अटोमोवाइल क्षेत्रमा ३ दशक लामो अनुभव भएका ध्रुर्व थापा यस अघि दुई कार्यकाल उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । पश्चिमाश्चल अटोमोवाइल डिलर्स एशोसिएसनको अध्यक्ष हुँदै नाडाको केन्द्रीय समितिमा पुगेका उनले अघिल्लो कार्यकालका लागि पनि अध्यक्षमा उम्मेद्वारी दिने बताएका थिए । अहिलेका अध्यक्ष कृष्णप्रसाद दुलालले अर्को पटकको अध्यक्षका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएपछि व्याक भएका उनी यसपटक भने अध्यक्षमा भिड्दैछन्। 

अध्यक्षका उम्मेद्वार दुबैले आफ्नो टिममा युवापुस्ताको बाहुल्य रहेको र समावेशी भएको दावी गरेका छन् ।

 

Skip This
Skip This
Logo