आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोही मूल्य नै कायम भएको हो।

बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बिहीबार चाँदीको मूल्य पनि स्थिर छ। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ। बुधबार पनि सोही मूल्य नै कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

Skip This
Skip This
Logo