लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी विकास बैंकको १३ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ २७ मंसिरमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, आइतबारसम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र लघुवित्तले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्। 

बैंकले ९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजे सुरू हुनेछ। सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। 
 
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ। अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने लगायतको एजेण्डा छ।

Skip This
Skip This
Logo