काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् ।
विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण गत चैत दोस्रो हप्तादेखि बन्द आन्तरिक उडान साेमबारबाट पुनः संचालनमा आएपछि मन्त्री भट्टराई त्यहाँको वस्तुस्थिती अवलोकन गर्न विमानस्थल पुगेका हुन् ।
सो क्रममा मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्वन्धी प्रोटोकलको पालना लगायतका कुराहरुको अवलोकन गरेका थिए । साथै आवश्यक स्वास्थ्य सर्तकताका उपायहरुको प्रभावकारी पालनाका लागि नागरिक उडड्यन प्राधिकरणलाई निर्देशनसमेत दिए ।
मन्त्री भट्टराईले पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यालय पुगेर भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको विभिन्न डिजाइनहरुको समेत अवलोकन गरेका थिए । यस विमानस्थलको काम करिव ९२ प्रतिशत सकिएको छ ।
आगामी डिसेम्बर सम्म सबै काम सम्पन्न गरि मार्चबाट संचालनमा ल्याउने लक्ष्य राखिएको यस विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी छ । यसका लागि विदेशबाट जनशक्ति ल्याउनु पर्ने तर कोभिडका कारण जनशक्ति आउन ढिलाई भइरहेको छ । भिडियाे :





























प्रतिक्रिया