छिमेक लघुवित्तले २३ पुसमा बोलायो साधारणसभा

छिमेक लघुवित्तले २३ पुसमा बोलायो साधारणसभा

केन्द्रबिन्दु
0
Shares

छिमेक लघुवित्तले २३ पुसमा वार्षिक साधारणसभा बाेलाएको छ। लघुवित्तले मकवानपुरको हेटौंडास्थित होटल सामनामा बिहान ११ बजे २० औं वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेस हुनेछ। यस्तै, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाहका विषयमा छलफल हुनेछ। 
 
त्यसैगरी, अन्य वित्तीय संस्थाहरू गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने लगायतको एजेण्डा छ। 

सभा प्रयोजनार्थ लघुवित्तले ९ पुसदेखि २३ पुससम्म बुक क्लोज गरेको छ। यसर्थ, नेप्सेमा ८ पुससम्म कारोबार भई कायम रहेका लगानीकर्ताले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

Skip This
Skip This
Logo