लाभांश पारित गर्न बुटवल पावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

लाभांश पारित गर्न बुटवल पावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

केन्द्रबिन्दु
0
Shares

बुटवल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो ((मंसिर २८ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २९औँ वार्षिक साधारण सभा पौष २६ गते सोमबार, कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौँमा बिहान ११ बजेबाट हुनेछ जनाएको छ ।

सभामा कम्पनीको हिजो (मंसिर २८ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष ११ गतेदेखि पौष २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Logo