शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौंथो दिन बुधबार सामान्य अंकले गिरावट हुँदै बन्द भएको छ । बुधबार उच्च उत्तार चढाबकाबीच १८९ कम्पनीको कारोबारमा ९६ वटा कम्पनीको शेयर कारोबार बढेको छ भने ८४ वटा कम्पनीको शेयर मूल्यम गिरावट र ९ वटा कम्पनीको शेयर मूल्य यथास्थितीमा नै रहेको नेप्सेले जनाएको छ ।

यस दिन शेयर बजार मापक नेप्से परिसूचक ४ दशमलव २३ अंकले घट्दै २ हजार ४ सय १४ दशमलव ६२ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ परिसूचक ० दशमलव ८९ अंकले घट्दै ४ सय ५९ दशमलव ४१ विन्दुमा झरेको छ । कुल २ सय २८ कम्पनीको ९८ लाख ७९ हजार १ सय ९ कित्ता शेयर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक छ । बैंकले १६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ ।
नेप्सेका अनुसार बैंक, माइक्रोफाइनान्स, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।
यस दिन सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ । बुधवार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ५.३४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा महालक्ष्मी विकास बैंक लिमिटेडको १६ करोड ५८ लाख ६२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।































प्रतिक्रिया