नेप्सेमा ३७ दशमलव ८७ अंकको गिरावट

नेप्सेमा ३७ दशमलव ८७ अंकको गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले ओरालाे लागेकाे छ। बिहीबार नेप्से ३७ दशमलव ८७ अंकले घटेर दुई हजार तीन सय ७६ दशमलब ७४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। 

२२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ३० करोड १७ लाख बराबरको कारोबार भएको छ। कारोबारको आधारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ। बैंकले ९३ करोडभन्दा बढीको कारोबार भएको छ। 

कारोबारमा आएका उपसूचकमा म्यूचल फण्डबाहेक सबै समूहको सूचक राताम्मे देखिएका छन्। बिहीबार बजार घटे पनि एक कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। सेयर मूल्य बढ्ने कम्पनीमा नेपाल बङ्गलादेश बैंक रहेको छ। यस कम्पनीको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेकाे छ।  

नेप्सेका अनुसार कारोबार भएका कम्पनीहरूमध्ये ग्रिनलाइफ हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले घटेको छ।

Skip This
Skip This
Logo