पोखरा फाइनान्सको बोनस सेयर घोषणा

पोखरा फाइनान्सको बोनस सेयर घोषणा

केन्द्रबिन्दु
0
Shares

पोखरा फाइनान्सले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ८ दशमलव ०७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन्। 

कम्पनीले हाल कायम ९३ करोड ३१ लाख ४५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा सो बोनस तथा नगद लाभांश दिने निर्णय गरेको हो।

Logo