एलआईसी नेपालले गर्‍याे २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव

एलआईसी नेपालले गर्‍याे २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट लाभांश प्रस्ताव गरेको छ। 

कम्पनीको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन्।

Skip This
Skip This
Logo