कस्ताे छ आजको सुनचाँदीको भाउ?

कस्ताे छ आजको सुनचाँदीको भाउ?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो।

आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदीको सोही मूल्य नै कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Skip This
Skip This
Logo