सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो

केन्द्रबिन्दु
0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो।

आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा काराेबार भएको महसंघले जनाएको छ।

Skip This
Skip This
Logo