बैंक अफ काठमाण्डूको ‘बिओके रेमिट बचत तथा मुद्दती खाता’ सार्वजनिक

बैंक अफ काठमाण्डूको ‘बिओके रेमिट बचत तथा मुद्दती खाता’ सार्वजनिक


बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम लाभलाई मध्यनजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ। “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुल नाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्थासहित बैंकले उक्त बचत खाता तथा मुद्दती खाता संचालनमा ल्याएको हाे। 

विदेशमा बसि श्रम गरिरहेका नेपालीहरुले उक्त बचत तथा मुद्दती खाता यस बैंकमा खोल्न सक्नेछन्। यस मुद्दती खाता खोल्दा ग्राहकहरुले ११.०५% वार्षिक ब्याजदर पाउनेछन्। साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफलसहित मोबाइल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सकिनेछ। 

बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्दती खाताले विदेशमा श्रम गरि आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङको अनुभव लिन पाइने विश्वास बैंकले लिएको छ। 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

Logo