प्रभु बैंकको वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित

प्रभु बैंकको वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित

केन्द्रबिन्दु
0
Shares

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। विभिन्न निर्णयहरू पारित गर्दै साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ।

बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौं बबरमहलस्थित बैंकको प्रमुख कार्यालयमा सभा आयोजना गरिएको हो । सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ। 

वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आर्थिक वर्ष २०७७/०७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ। सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सोहि आर्थिक वर्षमा कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने–गाभिने, एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ती गर्ने र समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ।

१२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ। देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटीएम तथा २१५ वटा शाखा कार्यालयसहित देशभर फैलिएको बैंकिङ सञ्जालको माध्यमबाट १६ लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याइरहेको बैंकले जनाएको छ।

Skip This
Skip This
Logo