सेयर बजारमा हरियाली, ४३.२९ अंकले बढ्यो नेप्से

सेयर बजारमा हरियाली, ४३.२९ अंकले बढ्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

सेयर बजार बिहीबार दोहोरो अंकले बढेको छ। यसदिन नेप्से ४३.२९ अंकले बढेर २६ सय ९२.४७ विन्दुमा बन्द भएको छ।

यसदिन २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको सूचक बढेको छ। यसदिन होटल तथा पर्यटनको ३.४८ प्रतिशतले बढेको छ। यस्तै जलविद्युत समूहको सूचक २.४८ प्रतिशतले बढेको हो।

दुई समूहको सूचक भने ओरालो लागेको छ। व्यापारको ०.६८ र उत्पादन समूहको सूचक ०.०८ प्रतिशतले घटेको हो। नेप्से घटे पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे छ।

नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा यसदिन अपि पावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो।

त्यसैगरी,एनआइसी एसिया बैंक र नेसनल माइक्रोफाइनान्सको १० करोडभन्दा बढीको सेयर कारोबार भयो।

Logo