त्रिवि आंशिक प्राध्यापक संघमा नयाँ केन्द्रीय कार्य समिति गठन

त्रिवि आंशिक प्राध्यापक संघमा नयाँ केन्द्रीय कार्य समिति गठन


काठमाडौँ ।

त्रिवि आंशिक प्राध्यापक संघमा नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ । संघको छैटौं सम्मेलनबाट नयाँ कार्य समिति गठन भएको हो ।

सम्मेलनले चन्द्रबदना राईको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति गठन गरेको छ । आगामी दिनमा हुने कुनै पनि कामहरु यहि नयाँ कार्य समिति मार्फत गर्न संघले अनुरोध गरेको छ ।

यस कार्य समिति बाहेक अन्य कुनै पनि समितिले गरेका अन्य कामहरु अमान्य हुने समेत संघले सबैलाई जानकारी गराएको छ ।

यस्तै आशिंक प्राध्यापक संघले विभिन्न मागहरु राख्दै आन्दोलन गर्नु परेको जनाएको छ । आन्दोलनका लागि संघले त्रिवि अतिरिक्त कक्षा व्यवस्थापनको निर्देशिका ०७७ खारेज गर्न माग गरेको छ । यसैगरि विभिन्न समयमा संघसँग भएका विभिन्न सम्झौताहरु कार्यान्वयन गर्न पनि संघले माग गरेको छ ।

Logo