काठमाडौँ ।
नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९७ हजारमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,३१५ रुपैयाँमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया