माघे संक्रान्तिमा बढ्यो कन्दमूलको कारोबार

माघे संक्रान्तिमा बढ्यो कन्दमूलको कारोबार

केन्द्रबिन्दु
0
Shares

माघे संक्रान्तिमा तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलको कारोबार बढेको छ। 

कालिमाटीस्थित तरकारी तथा फलफूल विकास समितिले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्ष पुस महिनामा करिब एक हजार ८०० मेट्रिक टन कन्दमूलको व्यापार भएको छ। गत वर्षको तुलनामा २२१ मेट्रिक टन कन्दमूल बढी आयात तथा कारोबार भएको समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले जानकारी दिए।

यी कन्दमूलको ९० प्रतिशत उत्पादन आन्तरिक बजारले ओगटेको छ भने १० प्रतिशत भारतबाट आयात हुने गरेको छ। सर्लाहीबाट आउने तरुलले ४० प्रतिशत तथा सुनसरीको तरुलले बाजारको २० प्रतिशत माग पूरा गरेको छ भने चितवन, धादिङलगायत अन्य जिल्लाले ३० प्रतिशत बजारको हिस्सा कायम गरेको छ । 

वर्षभरिमा करिब दुई हजार ८०० मेट्रिक टन कन्दमूलको कारोबार हुने गरेको छ। घर तरुल, सेतो तरुल, रातो तरुल, वन तरुल, पातले तरुल, जल तरुल, पानी तरुललगायत आन्तरिक उत्पादन हुन्। तरुल प्रतिकिलो रू ४० देखि रू ८० सम्ममा कारोबार भएको छ। 

सरकारी स्रोतबाट निर्माण भएको उक्त बजार काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो मानिन्छ। समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार बजारमा विभिन्न जिल्लाका साथै भारत, चीनबाट आयात हुने विभिन्न तरकारी दैनिक कारोबार हुने गर्दछ। सो बजारबाट उपत्यकाका अन्य बजारमा ८० प्रतिशत तरकारी आपूर्ति हुने गरेको व्यवसायी नविन शाहीले जानकारी दिए। यस बजारमा ६०० भन्दा बढी बिक्री कक्ष छन् ।

Skip This
Skip This
Logo