‘फोन पे’ नेटवर्कमा पुस महिनामा मात्रै ५१ अर्ब बढिको कारोबार

‘फोन पे’ नेटवर्कमा पुस महिनामा मात्रै ५१ अर्ब बढिको कारोबार

केन्द्रबिन्दु
0
Shares

भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्क मार्फत पुस महिनामा मात्र ५१ अर्ब बढिको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तिब्ररूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो।  

पुस महिनाभर फोन पे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढिको कारोबार भएको हो । फोन पे को नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्सफर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको हो । 

आधा खर्बभन्दा माथिको आँकडा पूरा गरेपछि सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पुरा गर्न सहयोगी भूमिका खेल्ने फोन पेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ । 

फोन पे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहजरुपमा रकम पठाउन सकिन्छ । साथै मर्चेन्टले निःशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन । 

फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोन पे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ ।

फोन पे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोन पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने अन्तर्राष्ट्रिय भुक्तानी पार्टनरमा चाइना युनियन पे र अलि पे आवद्ध छन् । यस्तै फोन पे मा हालसम्म  ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । फोन पे मा इसेवा, आइएमइ पे र सेलपे जस्ता  भुक्तानी सेवा प्रदायक आबद्ध छन् । 

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ६० लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स मार्फत यसले सेवा प्रदान गर्दै आएको छ।

Logo