साताको समीक्षाः एक हप्तामा ९ सयले घट्यो सुनको मूल्य

साताको समीक्षाः एक हप्तामा ९ सयले घट्यो सुनको मूल्य


यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ९०० ले घटेको छ। यस्तै चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ।

आइतबार नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले घटेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आइतबार तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा झरेको हो।

तेजाबी सुनको मूल्यसमेत तोलामा ३०० रुपैयाँले नै घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घट्दै आइतबार एक हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो। 

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको स्थिर रह्यो । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भयो।

यसैगरी तेजावी सुनको मूल्य तोलाको ९३ हजार र चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको थियो।

साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा ५०० रुपैयाँले वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ५०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको थियो भने तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ३०० रुपैयाँ कायम भएको थियो। 

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ४०० रुपैयाँले बढेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । 

साताको पाँचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ४०० रुपैयाँले बढेर ९४ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार ९०० रुपैयाँले घटेर  ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। 

यसैगरि सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको भाउ पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ।

Logo