एलआइसी नेपालको साधारण सभा फागुन ११ गते, यस्ता छन् एजेण्डा

एलआइसी नेपालको साधारण सभा फागुन ११ गते, यस्ता छन् एजेण्डा

केन्द्रबिन्दु
0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १९औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाउको हो। 

उक्त सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ। कम्पनीले सभामा २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसै सभाले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गर्नेछ। 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बन्द गर्ने बताएको छ।

माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।  

Logo