स्थानीयस्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाई सहज रुपमा लैजान ताप्लेजुङमा बैंकर क्लबको गठन भएको छ।
सनराइज बैंक ताप्लेजुङमा प्रबन्धक अनिल श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको हो। समितिमा एनएमबी बैंकका कुलदीप मादेन उपाध्यक्ष, प्रभु बैंकका किरण लिवाङ लिम्बु सचिव, लक्ष्मी बैंकका सुर्दशन रिजाल सहसचिव र मेगा बैंकका रुपा लिम्बु कोषाध्यक्ष र मेगाकै मुक्ति कार्की सहकोषाध्यक्ष छन्।
समितिमा बिपिन पौडेल, प्रविन खरेल, सुजन श्रेष्ठ, सुमन राई, शशांक गिरी, सुमन महतारा, रमेश अधिकारी, हिमाल गौतम, दीपक भट्टराई, दिनेशकुमार कट्टेल, भरत कोइराला, महेश मुखिया, बिमला निरौला, निरज गडेरी र सागर भट्टराई सदस्य छन्।
अनिल श्रेष्ठ, नवनिधि ढकाल, सुवास पराजुली, राजेन्द्र तिमल्सिना, दीपकराज गिरी, संगमदीप श्रेष्ठ र सुनिल रौनियार रहेको सल्लाहकार समितिसमेत गठन गरिएको छ।































प्रतिक्रिया