हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ४८ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५६ पैसा र बिक्री दर १६१रुपैयाँ ३६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ६७ पैसा र बिक्री दर १२९ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ६८ पैसा र बिक्री दर ८४ रुपैयाँ १० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१  पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३९ पैसा र बिक्री दर १० रुपैयाँ ४४  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ९२ पैसा र बिक्री दर ३२ रुपैयाँ आठ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९० पैसा र बिक्री दर नाै रुपैयाँ ९५ पैसा कायम भएको छ।

Logo