१३.४८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्बमा सीमित

१३.४८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्बमा सीमित

केन्द्रबिन्दु
0
Shares

साताको पहिलाे दिन १०५ अंकले बढेकाे शेयर बजार सोमबार (आज) घटेर बन्द भएको छ। 

आज नेप्से परिसूचक १३.४८ अंकले घटेर २ हजार ८७२.०५ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स भने ०.३९ अंकले बढेर ५३८.९३ बिन्दुमा पुगेको छ। 

आज २२५ वटा धितोपत्रको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँमा खरिद विक्री भएको छ भने ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा फरवाड माइक्रोफाइनान्स वित्तिय संस्था, विन नेपाल, बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन्। 

कारोबार रकमको आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। आज ३ वटा समूहको परिसूचक बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ।

Skip This
Skip This
Logo