साढे ६ महिनाको अवधिमा ११ लाखभन्दा बढीले खोले ‘डिम्याट खाता’

साढे ६ महिनाको अवधिमा ११ लाखभन्दा बढीले खोले ‘डिम्याट खाता’

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय सर्वसाधारणले शेयर बजारमा चासो बढाएसँगै डिम्याट खाता ४८ लाख ३० हजार ४ सय ७५ पुगेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्ष (आ.व) २०७८/७९ को साढे ६ महिनाको अवधिमा ११ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन्। 

चालु आवको साउनदेखि माघ १६ गते आइतबारसम्म ११ लाख २ हजार ९ सय ८ जनाले डिम्याट खाता खोलिएका छन् । गत आव २०७७/७८ को असार मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ९१ हजार ४५७ रहेको थियो। यो संख्या माघ १७ गतेसम्म बढेर ४८ लाख ३० हजार ४७५ पुगेको छ। 

गत आवमा मात्र २० लाख ६६ हजार ६९९ डिम्याट खाता खुलेका थिए।   

सबैभन्दा बढि डिम्याट खाता बागमती प्रदेशमा 
चालु आवको साढे ६ महिनाको अवधिमा सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा खुलेका छन्। उक्त अवधिमा यस प्रदेशमा ३ लाख ८० हजार ७७ डिम्याट खाता खुलेका छन् । यो सँगै हालसम्म बागमती प्रदेशमा १९ लाख ३८ हजार ६८७ डिम्याट खाता खुलेका छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ३१ हजार ८१८ मात्र डिम्याट खाता खुलेका छन्। यो प्रदेशमा हालसम्म १ लाख ३ हजार डिम्याट खाता खुलेका हुन्।  

त्यस्तै, प्रदेश १ मा चालु आवको साढे ६ महिनाको अवधिमा २ लाख २० हजार ९८८ डिम्याट खाता खुलेका छन्। यो प्रदेशमा हालसम्म डिम्याट खाता खोल्नेको संख्या ९ लाख १३ हजार ५७९ पुगेको छ। 

त्यसैगरी डिम्याट खाताको संख्या गण्डकी प्रदेशमा हालसम्म ६ लाख ६३ हजार ६०४, लुम्बिनी प्रदेशमा ५ लाख ३४ हजार ९, मधेश प्रदेशमा ४ लाख ६८ हजार २२३ र सुदूरपश्चिम प्रदेशमा २ लाख ७३ हजार १३७ ले डिम्याट खाता खोलेका छन्। 

त्यस्तै, एनआरएन तथा विदेशमा बस्ने नेपालीहरुले खोलेका कम्पनीबाट चालु आवको माघ १६ गतेसम्म १० वटा डिम्याट खाता खुलेका छन्। हालसम्म यस्ता व्यक्ति र कम्पनीहरुबाट १२४ डिम्याट खाता खोलिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ।

Skip This
Skip This
Logo