स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने मंगलवार (आज) अन्तिम दिन रहेको छ। कम्पनीले नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो।
उक्त लिलामी शेयरमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ। शेयरको अंकित मूल्य न्यूनतम रू.६५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि बोलपत्र पेश गर्नुपर्नेछ। शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयरका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।
उक्त लिलामी शेयरको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ।





























प्रतिक्रिया