बजाजका मोटरसाइकलको मूल्य बढ्याे, पल्सर एनएस १६० को मूल्य ५ हजारले वृद्धि

बजाजका मोटरसाइकलको मूल्य बढ्याे, पल्सर एनएस १६० को मूल्य ५ हजारले वृद्धि

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केही मोटरसाइकलको मूल्य वृद्धि गरेको छ। माघ १८ देखि लागू हुने गरि मूल्य बढाएकाे हाे।

नयाँ मूल्यसूची अनुसार सबैभन्दा बढी पल्सर एनएस १६० मा ५ हजार रुपैयाँ मूल्य बढेको छ । अन्य केही मोडलमा २ देखि ३ हजार रुपैयाँसम्म मूल्य बढेको छ।

नयाँ मूल्य सूची अनुसार पल्सर एनएस १६० को मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ। पल्सर सिरिजका अन्य मोटरसाइकलहरु पल्सर २२० एफको मूल्य ३ लाख ६४ हजार ९ सय, पल्सर एनएस २०० एफआई/एबीएसको मूल्य ३ लाख ९५ हजार ९ सय, पल्सर एनएस २०० एबीएसको मूल्य ३ लाख ६९ हजार ९ सय र पल्सर एनएस २०० को मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ ।

प्लाटिना ईएसको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ छ। त्यसैगरी डिस्कभर १२५ डिस्क भर्सनको मूल्य २ लाख १६ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ ड्रमको २ लाख ९ सय रुपैयाँ र डिस्कभर १२५ एसटीको मूल्य २ लाख २७ हजार ९ सय रुपैयाँ रहेको छ।

प्लाटिना ईएस १००, डिस्कभर १२५ ड्रम, एभेन्जर १६०/२२०, पल्सर १५० र डोमिनार ४०० को मूल्य भने यथावत रहेको छ।

Logo