साताकाे शेयर बजार समीक्षाः एक हप्तामा ९६.७७ अंकले बढ्यो नेप्से

साताकाे शेयर बजार समीक्षाः एक हप्तामा ९६.७७ अंकले बढ्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

यस हप्ता शेयर बजारमा उतार चढाव नै कायम रह्यो। आइतबारदेखि बिहीबारसम्मको समग्र कारोबारमा २ दिन शेयर बजार बढेको छ भने २ दिन केही घटेको छ। अघिल्लो हप्ताको बिहीबार २ हजार ७७९.९८ बिन्दुमा रोकिएको नेप्से यस हप्ताको बिहीबार २ हजार ८७६.७५ बिन्दुमा पुगेर रोकिएको छ। यसर्थ समग्रमा यस हप्ता नेप्से ९६.७७ अंकले बढेको छ।

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले बढेर बन्द भएको छ।कारोबारमा आएदेखि नै बढ्न थालेको बजार अन्तिममा १०५ अंकभन्दा माथि पुगेको छ। 

यस दिन नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भई २ हजार ८८५.५३ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले वृद्धि भई ५३८.५३ बिन्दुमा पुगेको छ। 

२३१ वटा धितोपत्रको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर ६ अर्बमा ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । 

शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्टक्चर बैँक र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन्। 

कारोबार रकमको आधारमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २६ करोड १५ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो। आइतबार सबै समूहको परिसूचकमा वृद्धि आएको छ।

आइतबार १०५ अंकले बढेको शेयर बजार सोमबार घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.४८ अंकले घटेर २ हजार ८७२.०५ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स भने ०.३९ अंकले बढेर ५३८.९३ बिन्दुमा पुगेको छ। 

२२५ वटा धितोपत्रको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँमा खरिद विक्री भएको छ भने ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था, विन नेपाल, बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन्।

कारोबार रकमको आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। ३ वटा समूहको परिसूचक बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ।

साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक १९.२६ अंकले बढेर २ हजार ८९१.३० बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२ बिन्दुमा पुगेको छ।

२२३ वटा धितोपत्रको १ करोड २१ लाख ६७ हजार कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार रुपैयाँमा खरिद विक्री भएको छ भने २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त र बुद्धभूमी नेपाल हाइड्रोपावर रहेका छन् । कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ३९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। 

बुधबार सोनाम लोसारका कारण विदा भएपछि शेयर कारोबार भएन।

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ। नेप्से परिसूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.२६ अंकले घटेर ५३९.६४ बिन्दुमा पुगेको छ । 

२२४ वटा धितोपत्रको १ करोड ५७ लाख ८० हजार कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । विन नेपाल कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ८२ करोड ७० लाख ३५ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । 

१३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

Skip This
Skip This
Logo