शेयर बजारमा उच्च अंकको गिरावट, ४०.५७ अंकले घट्यो नेप्से

शेयर बजारमा उच्च अंकको गिरावट, ४०.५७ अंकले घट्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

उतारचढावका बीच गतसाता कारोबार भएको नेप्से आइतबार ४०.५७ अंकले घटेर २८३६.१७ विन्दुमा पुगेको छ । गत साता साढे ३ प्रतिशतले बढेको नेप्से साताको पहिलो दिन आइतबार भने १.४१ प्रतिशतले घटेको छ । 

आइतबार २२८ वटा घितोपत्रको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

आइतबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी जीवन बीमा कम्पनी ३.५७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो । 

Logo