डिशहोम फाइबरनेटले ल्यायो मेगा–फाई अन्तर्गत ६०० एमबीपिएसको ईन्टरनेट

डिशहोम फाइबरनेटले ल्यायो मेगा–फाई अन्तर्गत ६०० एमबीपिएसको ईन्टरनेट

केन्द्रबिन्दु
0
Shares

डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट सेवा दिने भएको छ।

डिशहोमले हाईस्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको हो । नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्नेछन् । 

डिशहोमले ल्याएको वाइफाइ ६ राउटर अहिले बजारमा पाइने  राउटर भन्दा ४ गुणा फास्ट स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ । eAI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरु वाई–फाई ६ राउटरका विशेषता हुन्। 

Skip This
Skip This
Logo