शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।
शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो। बिहीबार प्रतितोला ५०० ले बढेको थियो। महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ।





























प्रतिक्रिया