सुन बजार समीक्षा : एक सातामा सुनको मूल्य १५०० ले बढ्यो

सुन बजार समीक्षा : एक सातामा सुनको मूल्य १५०० ले बढ्यो

केन्द्रबिन्दु
0
Shares

यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला १५०० ले बढेको छ। यस्तै चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ।  

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भयो भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आइतबार स्थिर रहेको छ । शुक्रबार चाँँदीको मूल्य १ हजार २५० रुपैयाँ कायम भएको थियो भने आइतबार पनि त्यही मूल्य कायम भएको छ।

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ। शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ। सोमबार एक हजार २५५ रुपैँयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोलामा एक हजार २६० रुपैयाँ  निर्धारण भएको छ।

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । 

मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो । 
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोलामा १ हजार २६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ। 

बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य भने यस दिन स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको हो ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ५०० ले बढेको थियो। महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ। 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ।

Skip This
Skip This
Logo