४८ हजार ७९० जनाले पाए जाल्पा सामुदायिक लघुवित्तको आइपिओ (कसरी हेर्ने?)

४८ हजार ७९० जनाले पाए जाल्पा सामुदायिक लघुवित्तको आइपिओ (कसरी हेर्ने?)

केन्द्रबिन्दु
0
Shares

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर बाँडफाँड भएको छ। 

संस्थाको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २७ लाख ९ हजार ८५५ वटा आवेदनहरुबाट ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताको लागि जम्मा आवेदन परेको थियो। 

सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट १ लाख १८ हजार १५३ जना आवेदकहरुबाट २४ लाख ३० हजार ३२० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको २५ लाख ९१ हजार ७०२ जना आवेदकहरुबाट प्राप्त ३ करोड ७१ लाख ६ हजार ८३० कित्ता सेयर मध्ये सिडीएस एण्ड क्यिरीङ्ग लिमिटेडबाट ४८ हजार ४३ जना आवेदकहरुलाई शंकास्पद सूचीमा समावेश गरेको र सो विवरणलाई  रुजु गर्दा ४ हजार २९० जना आवेदकहरुबाट प्राप्त ५० हजार ६०० कित्ता सेयरहरु दोहोरो आवेदन परेकोले सो आवेदनलाई रद्ध गरी २५ लाख ८७ हजार ४१२ जना आवेदकहरु मार्फत प्राप्त जम्मा ३ करोड ६६ लाख ६ हजार १९० कित्ता सेयर मध्येबाट ४८ हजार ७९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ। 

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई माघ २१ गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्काशन खुल्ला गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरिएको कूल सेयर ५ लाख २२ हजार कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर २६ हजार १०० कित्ता तथा कर्मचारीहरुलाई ८ हजार कित्ता छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ६५.६३ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ। 

Logo