नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर चिरञ्जीवी नेपालले राष्ट्र बैंकले स्थायीत्व दिने नीति ल्याउनुपर्ने बताएका छन्। मिडिया इन्टरनेशनलले आइतबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय व्यापार संघका नवनिर्वाचित पदाधिकारीको बधाई तथा शुभकामना कार्यक्रममा पूर्वगभर्नर नेपालले सो कुरा बताएका हुन्।
उनले व्यवसायमूखी अर्थतन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई विश्वासमा लिएर नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ । कोभिडका कारण व्यापार व्यवसाय लगायतका निजी क्षेत्र अप्ठ्यारोमा परेकाले राष्ट्रिय रुपमा सरकारले सहयोगको नीति ल्याउन आवश्यक रहेको पूर्वगभर्नर नेपालले बताए।
कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठले बैंकहरुको व्याजदर बढ्दा व्यवसायीलाई थप समस्या भएको बताए। उनले राष्ट्र बैंकले व्यवसायीकमुखी ल्याउन नसकेको भन्दै गुनासो गरे। चीनबाट आउने सामग्रीमा व्यवसायीहरुलाई अप्ठ्यारो परेको भन्दै उनले सहज वातावरण बनाइदिन समेत आग्रह गरे। उनले देशको अर्थतन्त्रलाई राजनीतिक दलले पनि बुझ्नुपर्ने बताए ।
मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोशले कोभिडका कारण अर्थतन्त्र लगायत आर्थिक गतिविधिमा ठूलो धक्का लागेको बताए। उनले हरेक क्षेत्रलाई अर्थतन्त्रप्रति जागरुक बनाउनुपर्ने बताए। कार्यक्रममा पूर्वगभर्नर नेपालले संघका नवनिर्वाचित पदाधिकारीलाई सामुहिक रुपमा बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए।





























प्रतिक्रिया