यस्ताे छ आजकाे विनिमय दर

यस्ताे छ आजकाे विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम छ। 

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ५८ पैसा र बिक्री दर १३७ रुपैयाँ २६ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ १८ पैसा र बिक्री दर १६३ रुपैयाँ ९९ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९६ पैसा र बिक्री दर १३० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८६ पैसा र बिक्री दर ८६ रुपैयाँ २९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९४ पैसा एक पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२  पैसा र बिक्री दर १० रुपैयाँ ४८  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३  पैसा र बिक्री दर १९ रुपैयाँ तिन पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ सात पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८५ पैसा र बिक्री दर ३३ रुपैयाँ एक पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ तीन र बिक्री दर १० रुपैयाँ आठ पैसा कायम छ।

Logo